०२ असार २०८३, मंगलबार

सबैलाई चकित बनाउँदै जब ऐश्वर्याले मागिन् १० करोड

पुस २३, २०७४
सबैलाई चकित बनाउँदै जब ऐश्वर्याले  मागिन् १० करोड

काठमाडौँ, २३ पुस- केही वर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् ।

नयाँ पत्रिकालेख्छ -विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै फिल्म 'फन्ने खाँ' मा सक्रिय भइन् । 

उनको फिल्म आगामी इदमा रिलिज हुँदैछ , जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ । 

यसपछि ऐश्वर्यालार्य लगातार फिल्मको प्रस्ताव आइरहेको छ । 
हालै उनलाई नर्गिस अभिनित फिल्म 'रात और दिन' को रिमेकका लागि प्रस्ताव आएको छ । 

स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भुमिका छ ।  तर, जब परिश्रमिकको कुरा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् । 
उनको रेट सुनेर सबै चकित परे । 

यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन ।  तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भइन्  । 
दोहोरो भुमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करोड  दिन आफू राजी भएको अरोराले बताएकी छन्  । 

salt training

कमेन्ट गर्नुहोस्