
काठमाडौं, २३ पुस– नेपाली फिल्म ‘कान्छी’ र ‘मंगलम’ फागुन पहिलो साता प्रर्दशन हुने भएका छन् । यी दुई फिल्म फागुन ४ गतेबाट एकसाथ प्रदर्शनमा आउन लागेका हुन् ।
‘मंगलम’को प्रदर्शन मिति फाइनल भइसकेको थियो भने ‘कान्छी’ पछि फाइनल भएको हो । यसअघि माघ २६ गते प्रदर्शनमा आउने कन्फर्म भएको ‘कान्छी’ यही मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ आएपछि ब्याक हटेको थियो ।
माघ २६ बाट हटेर फागुन ४ मा पुगेको ‘कान्छी’ यो मितिमा पनि एक्लै रहेन । नायिका श्वेता खड्का र नायक दयाहाङ राईको फिल्म यो मितिमा आउनु अगाडि नै निर्माता छविराज ओझाले आफ्नो फिल्म ‘मंगलम’को प्रदर्शन मिति फाइनल गरिसकेका थिए ।