२१ जेठ २०८३, बिहीबार

सिंहले चिडियाखानाका दुई कर्मचारीको टाउको र खुट्टा टोक्यो

कात्तिक २०, २०७४
सिंहले चिडियाखानाका दुई कर्मचारीको टाउको र खुट्टा टोक्यो
काठमाडौं, १० माघ — एक जापानी चिडियाखानाका दुईजना कर्मचारीलाई एक सिंहले टाउको र खुट्टामा टोकिदिएको छ । ती कर्मचारीहरूले सिंहलाई फोटोशूट गराउनका लागि नुहाइदिँदै गर्दा उसले आक्रमण गरेको थियो ।


दश वर्षको भाले सिंह सिक्रीले बाँधिएको कारण भाग्न भने सकेन । आक्रमणमा परेका चिडियाखानाका कर्मचारीमध्ये पुरुष २५ वर्षजतिको अनि महिला ५४ वर्ष जतिकी थिइन् । उनीहरू आक्रमणपछि होशमै भएपनि गम्भीर घाइते भए

ती दुईले शोनान एनिमल प्रोडक्सनको सिंहलाई धोइरहेका थिए । उक्त कम्पनीले टेलिभिजन कार्यक्रम र फिल्म प्रोजेक्टका लागि जनावर पाल्ने गर्छ ।

कम्पनीले सोमवार बिहान ११ बजे आपतकालीन फोन गरेर सिंहले मान्छे टोकेको बतायो । जापानी शहर नारितामा यो घटना भएको थियो ।

सिंह एक्कासि आक्रामक भएको थियो ।

द डेली मेल

salt training

कमेन्ट गर्नुहोस्