
वलिउड सुपरस्टार सलमान खानको व्लकबस्टर फिल्म ‘टाइगर जिन्दा हे’ले कमाइ जारी राखेको छ ।
सलमाननको यो फिल्म २२ डिसेम्बर २०१७ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको १६ दिन भइसकेको छ ।
फिल्म टाइग जिन्दा हेले ३०० करोड कमाइ गरिसकेको छ । ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले १६ औं दिनमा फिल्ममा ३०० करोडको आकडा पार गरेको हो । यसका साथ सलमान खानले आफ्नो पछिल्लो फिल्मको रेकर्डसमेत तोडेको छ । सलमानको फिल्म सुल्तान तथा बजरंगी भाइजानले बक्स अफिसमा ३००.४५ तथा ३२०.३४ करोडको कमाइ गरेका थिए ।
टाइगर जिन्दा हेले देशमा मात्र होइन विदेशमा पनि धमाका मच्चाएको छ । विश्वभरबाट १५ दिनमा यो फिल्मले ५०० करोड कमाएको छ ।
सलमान खानले कमाइको मामलामा अमिर खान तथा शाहरु खानको फिल्मलाई झट्का दिएका छन् । आमिर खानले फिल्म धूम ३ ले बक्स अफिसमा २ड४ करोड रुपैयाँको कमाइ गरेको थियो । वही शाहरु खानको फिल्म जब तक है जानलाई पनि सलमानले पछि छोडेका छन् ।
अली अव्बास जफरको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा बनेको एक था टाइगर फिल्मको सिक्वेल हो । टाइगर जिन्दा हेले फिल्म रिलिज भएको ४ दिनमा नै आफ्नो लगानी उठाएको थियो ।