काठमाडौं, २३ पुस — तपाईं साथीहरूसँग मिलेर रक्सी पिएर बेहोश हुने गर्नुभएको छ भने तत्कालै बानी सुधार्नुस् । रक्सीको नशामा चुर भएपछि साथीहरूले तपाईंमाथि जोक गर्न सक्छन् ।
सामाजिक सञ्जालमा केही यस्ता रमाइला तस्वीरहरू अप्लोड गरिएका छन् जसमा केही मानिस रक्सीको नशामा लट्ठिएर होश गुमाउन पुगे अनि उनीहरूका साथीले मजाक नै बनाए ।
माथिको तस्वीर नै हेर्नुस् न । यी महाशयले यति धेरै पिएछन् कि भुइँमा लडेछन् अनि साथीहरूले उनका वरिपरि बोतल राखेर डिजाइन नै बनाइदिएछन् ।
साधारणतया रक्सी पिएपछि मानिसहरूलाई ह्याङओभरको चिन्ता रहन्छ । तर धेर रक्सी पिउँदा मानिसले होश गुमाउन पुग्छन् र बेहोश अवस्थामा उनीहरूमाथि जे पनि हुन सक्छ ।
एजेन्सी