२० असार २०८३, शनिबार

उत्तर कोरियालाई सधैंका लागि शान्त गराउने दाउमा अमेरिका

उत्तर कोरियालाई सधैंका लागि शान्त गराउने दाउमा अमेरिका

काठमाडौं, २३ पुस — अमेरिकाले उत्तर कोरियालाई सधैंका लागि पाठ पढाउने योजना बुनिरहेको सेक्युरिटी स्टडीज ग्रुपका अध्यक्ष जिम ह्यान्सनले बताएका छन् । 

पहिलेदेखि नै उत्तरलाई शान्त बनाउन अमेरिकाले योजना बनाएको उनको भनाइ छ । अमेरिकाले हाल यस योजनलाई अद्यावधिक गरिरहेको उनी बताउँछन् । 

बेलायती पत्रिका दी एक्सप्रेसका अनुसार, अमेरिकालाई सदाका लागि चुप लगाउन अमेरिकाको योजना बनेको हो । तर कूटनीतिक समाधानको अन्तिम कोशिश चाहिँ गरिने र कूटनीति पनि उत्तरमा डर उत्पन्न भएमात्र सफल हुने विज्ञहरू बताउँछन् । 

अमेरिका र उत्तर कोरियाले विगत केही महिनायता एकअर्कालाई पूरै ध्वस्त पार्ने धम्की दिइसकेका छन् । उनीहरूबीचको सम्बन्ध तनावपूर्ण हुँदै गएकाले कुनै पनि बेलामा युद्ध हुनसक्छ ।

तर मंगलवार उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने सम्भावना छ र दक्षिणमा हुने शीतकालीन ओलम्पिकसम्म कुनै उत्तेजक कारवाही नगरिने सहमति बनेको छ । अमेरिकाले पनि यस अवधिसम्म दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नगर्ने बताएको छ । 

यो कूटनीतिक प्रयास असफल भएमा चाहिँ अमेरिकाले अन्तिम कारवाही गर्नसक्ने विज्ञहरू बताउँछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्