०३ असार २०८३, बुधबार

ऐश्वर्याले जलसा छोड्न लागेकी हुन् ? यस्ता छन् नयाँ भवनका तस्वीर

ऐश्वर्याले जलसा छोड्न लागेकी हुन् ? यस्ता छन् नयाँ भवनका तस्वीर

काठमाडौं, २३ पुस — ऐश्वर्या रायले अमिताभ बच्चनको जलसा नामक घर छोड्न लागेकी छन् । तर बाहिर हल्ला आएजस्तो अभिषेकसँगको झगडाका कारण उनले जलसा छोड्न लागेकी होइनन् । 

आर्किटेक्चरल डाइजेस्ट पत्रिकाका अनुसार, ऐश्वर्या र अभिषेकले बान्द्रा–कुर्लामा सन् २०१५ मा सिग्निया आइल्स नामक भवन २१ करोड भारु तिरेर किनेका थिए ।

उनीहरूको नयाँ भवनका भित्री कोठाका तस्वीरहरू पनि सार्वजनिक भएका छन् । 

यो भवनको मूल्य ३८ हजार भारु पर स्क्वेयर फीट छ । सिग्निया आइल्स भवन तलाती पन्थाकी एसोसिएट्सले डिजाइन गरेका हुन् । घरको आन्तरिक सजावट चाहिँ सन्टेक रियल्टीले गरेको हो ।

बच्चनहरूको छिमेकी सोनम कपूर हुन् । उनले सन् २०१५ मा सात हजार स्क्वेयर फीटको डुप्लेक्स अपार्टमेन्ट किनेकी छन् । 

जलसाबाहेक मुम्बईमा बच्चनहरूको स्काईलार्क टावर्समा एउटा अपार्टमेन्ट छ अनि दुबईको स्यांक्चुअरी फल्समा पनि एउटा भिल्ला छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्