
काठमाडौं, २३ पुस– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनको वाला संकलन गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।
विमानस्थलकोे पार्किङ क्षेत्रमा २ सय ५० ग्राम सुन जस्तो देखिने पहेलो बाला संकलन गर्दै गरेका झापाको पृथ्वीनगर घर भएका ४९ वर्षीय काजिमान बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
कतार एयरको उडानद्धारा शनिबार काठमाडौँ आगमन भएका वि.क.ले सोही एयरबाट आएका अन्य यात्रुहरुसंग संकलन गर्दै गरेको अवस्थामा उक्त परिणमको ५ वटा वालासहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।