०४ असार २०८३, बिहीबार

मंगलवार देशभरिका निजी विद्यालय बन्द हुने

मंगलवार देशभरिका निजी विद्यालय बन्द हुने

काठमाडाँै, २३ पुस -निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । 

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिनुभयो । 

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । 

यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उहाँले बताउनुभयो । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ । 

उहाँ मुटु रोगबाट पीडित हुनुहुन्थ्यो । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताउनुभयो । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहनुभएको थियो । 

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहनुभएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्