०२ असार २०८३, मंगलबार

गुरुङ फिल्म एसोसिएसनको नयाँ कार्यसमिति चयन

गुरुङ फिल्म एसोसिएसनको नयाँ कार्यसमिति चयन

काठमाडौं, २३ पुस–गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को नयाँ कार्यसमिति चयन गरिएको  छ । आइतबार पोखरामा आयोजित विशेष भेलाले गिरिप्रसाद गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

निर्माता, निर्देशक विभागिय प्रमुख र थप दुई सदस्यलाई कार्यसमितिको आगामी बैठकले चयन गर्ने जनाइएको छ । यसअघिको सभामा पदलाई लिएर विवाद चर्किएपछि कार्यसमिति चयन हुन सकेको थिएन । 

प्रथम उपाध्यक्ष भोजबहादुर गुरुङ, द्धितिय उपाध्यक्ष गुञ्जबहादुर गुरुङ, महासचिव गमन घले, सचिव पवित्र गुरुङ, कोषाध्यक्ष धनबहादुर गुरुङ निर्वाचित भएका छन् । 

भाषा संस्कृति विभाग प्रमुखमा गजेन्द्र गुरुङ, महिला विभाग प्रमुखमा मीनु गुरुङ, प्रचार प्रसार विभाग प्रमुखमा धनकुमारी गुरुङ (नियोना), आर्थिक विभाग प्रमुखमा अनुता गुरुङ चयन छन् । 

प्राविधिक विभाग प्रमुखमा खीमबहादुर गुरुङ, गीतसंगीत विभाग प्रमुखमा सरुन गुरुङ, संघसंस्था विभाग प्रमुख सीता गुरुङ, बजार विभाग प्रमुखमा रेशम गुरुङ छन् ।

सदस्यहरुमा विवेक गुरुङ (तनहुँ), खुशि गुरुङ (लमजुङ), निश्ता गुरुङ (कास्की), विरुप घले (काठमाडौं), अस्मी गुरुङ (काठमाडौं), खेम गुरुङ (स्याङ्जा) र प्रीति गुरुङ (लमजुङ) छन् । कार्यसमितिको पहिलो बैठकले गुरुङ फिल्म महोत्सव र विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्