०२ असार २०८३, मंगलबार

बीबीसीकी सम्पादकले किन दिइन राजीनामा ?

पुस २४, २०७४
बीबीसीकी सम्पादकले किन दिइन राजीनामा ?

काठमाडौं, २४ पुस– बीबीसीकी चीन सम्पादक कैरी ग्रेसीले पदबाट राजीनामा दिएकी छन् । संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । 

ग्रेसीले बीबीसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएकी हुन् । ३० वर्षदेखि बीबीसीमा काम गरिरहेकी उनले खुलापत्र लेख्दै बीबीसीभित्र गोप्य र गैरकानुनी रुपमा पारिश्रमिक निर्धारण हुने गरेको आरोप लगाएकी छन् । 

उनले डेढ लाख पाउन्डभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारीमध्ये दुई तिहाई पुरुष कर्मचारी भएको बताएकी छन् । तर बीबीसीले भने संस्थाभित्र महिलामाथि कुनै भेदभाव नभएको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्