११ असार २०८३, बिहीबार

पार्टी भद्रगोल हुन थालेपछि संगठन अद्यावधिक गर्दै माओवादी

पुस २४, २०७४
पार्टी भद्रगोल हुन थालेपछि संगठन अद्यावधिक गर्दै माओवादी

काठमाडौं, २४ पुस- माओवादी केन्द्रले पार्टीका नेताकार्यकर्ताको अद्यावधिक तथ्यांक राख्न सुरु गरेको छ। पार्टीको सर्वोच्च निकाय ‘हेर्डक्वार्टर' देखि स्थानीय गाउँ कमिटीसम्म एकताका नाममा ‘भद्रगोल' हुन थालेकाले नेताकार्यकर्ता र संगठनको अवस्था अद्यावधिक तथ्यांक राख्न थालिएको हो।

संगठन विभाग प्रमुख रामबहादुर थापा बादल नेतृत्वको समितिले अहिले संगठनात्मक व्यवस्थापनका लागि तथ्यांक अद्यावधिक गर्न थालेको माओवादीले जनाएको छ। १९ पुसमा माओवादी केन्द्रको हेडक्वार्टरको विस्तारित बैठकले संगठनात्मक व्यवस्थापन गर्न नेता थापाको संयोजकत्वमा संगठन व्यवस्थापन समिति गठन गरेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्