काठमाडौं, २४ पुस– एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक बिषय मिलाउन दुई दलका नेता सम्मिलित कार्यदल बनाउने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भएको भेटवार्तामा यस्तो कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने सहमति भएको हो ।
ओलीसँगको भेट पछि माओवादी अध्यक्ष प्रचण्डले भने, ‘सोमबार एमाले र हाम्रो पार्टीको बैठक बसि आन्तरिक छलफल गरेर मंगलबार एकता संयोजन समितिको बैठक बस्छ।’ समितिको बैठकबाट वैचारिक राजनीतिक र सांगठनिक विषय हल गर्न अर्को टीम बनाएर जाने पनि प्रचण्डले बताए ।
एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीको बैठक गर्ने भएका छन् ।