२४ असार २०८३, बुधबार

भारतको बङ्लुरुमा रेष्टुरेन्टको बारमा आगलागी हुँदा ५ जनाको मृत्यु

भारतको बङ्लुरुमा रेष्टुरेन्टको बारमा आगलागी हुँदा ५ जनाको मृत्यु

नयाँ दिल्ली , २४ पुस- दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । 

अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोहीे रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएका र आगलागी भएको अवस्थामा उनीहरु निदारहेका थिए । 

बिहीबार विहान सवेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रंहरी अधिकारीले जानकारी दिएको छ । 

कैयौ घण्टापछि आगलागीलाई नियन्त्रणमा लिइएको र शवलाई पोष्ट मार्टनको लागि अस्पतालमा लगिएको छ । 

गत हप्ता पनि मुम्बइको कमला मिलस् कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएका थिए ।  रासस 

salt training

कमेन्ट गर्नुहोस्