३१ जेठ २०८३, आइतबार

आजकल कपिल शर्मा के गर्दैछन् ?

आजकल कपिल शर्मा के गर्दैछन् ?

काठमाडौं, २४ पुस — भारतका उम्दा कमेडी कलाकार कपिल शर्मा आजकल हराएका छन् । लगभग ६ महिनाअघि उनको कमेडी शो बन्द भएपछि उनको खासै चर्चा छैन । 

त्यतिखेर उनले खराब स्वास्थ्य र आगामी फिल्म फिरंगीको प्रचारका लागि ब्रेक लिएको र छिट्टै टीभीमा फर्किने कुरा गरेका थिए । 

फिल्म रिलिज भइवरी फ्लप पनि भइसकेको छ अनि कपिलको स्वास्थ्य पनि ठीक छ । तर कपिलले टीभीमा कम्ब्याक गर्ने कुनै आधिकारिक खबर पाइएको छैन । 

सामाजिक सञ्जालमा सक्रिय रहेका कपिल आजकल कहिलेकाहीँ एकदुईवटा ट्वीट गर्छन् । उनी आफ्ना कमै तस्वीर मात्र शेयर गर्छन् । कहाँ छन् त उनी ?

यी प्रश्नहरूको उत्तर शायद कपिलको हालै खिचिएको स्न्यापच्याट भिडियोमा लुकेको छ । यो भिडियो उनले इन्स्टाग्राममा शेयर गरेका छन् । 

उनले रमाइलो पारामा भनेका छन्, ‘मेरो मुख यति गोलो कसरी भयो होला भनी तपाईं सोचिरहनुभएको होला ।’

उनी आफैं जवाफ दिँदै भन्छन्, ‘म धेरै सुन्तला खान्छु त्यसैले मेरो मुख सुन्तलाजस्तै गोलो छ ।’

धेरै दिनपछि उनको रमाइलो पारा देखेर मानिसहरूले उनी शायद कम्ब्याक गर्दैछन् वा मिडियामा छाउनका लागि उनले यो पोस्ट गरेका हुन् भनिरहेका छन् । 

टीभीमा उनी फर्केको हेर्न चाहनेहरू धेरै भएकाले उनको छोटो भिडियोले १३ लाख भ्युज पाइसकेको छ । 

मानिसहरूले उनको कमेडी मिस गरेको भन्दै कमेन्ट गरिरहेका छन् । टीभीमा कहिले फर्किनुहुन्छ भनी मानिसहरूले सोधिरहेका छन् । 

कपिलले यी प्रश्नहरूको जवाफ दिएका छैनन् । तर उनको कम्ब्याकका अनुमानहरू चलेका छन् । 

कपिल शर्मा टीभीका सबभन्दा सफल कलाकारमध्ये एक हुन् । उनको कमेडी शोको अपार सफलताका कारण टीभीको टीआरपी ह्वात्तै बढेको थियो अनि बलिउड कलाकारहरूले उनको शोमा आफ्नो फिल्मको प्रमोसन गर्न
थालेका थिए । 

तर कमेडी नाइट विथ कपिलको प्रसारण बन्द भएपछि अब शोलाई फेरि ब्युँत्याउन गाह्रो हुने अनुमान लगाइँदैछ । 

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्