०८ असार २०८३, सोमबार

नाम फेरेर पद्मावती रिलिज हुँदै, नेपालको ‘ह्याप्पी डेज’ पोस्टपोन्ड

नाम फेरेर पद्मावती रिलिज हुँदै, नेपालको ‘ह्याप्पी डेज’ पोस्टपोन्ड

बलिउडको बहुप्रतीक्षित सिनेमा पद्मावत आगामी माघ ११ गते विहिबार रिलिज हुने भएको छ । भारतीय वेबपोर्टल बलिउड हंगामाले रिलिज मितिलाई पुष्टि गरेको छ । 

उक्त मितिमा भारतमै अक्षयकुमार स्टारर प्याडम्यान समेत रिलिज हुँदैछ । रिलिज हुन लागेको नेपाली सिनेमा पद्मावत, प्याडम्यान र ऐयारी सँगै आउने भएपछि नेपाली फिल्म ह्याप्पी डेज पोस्पोन्ड भएको छ । 

विवाद र अन्यौलमा गुज्रिएको पद्मावत रिलिज डेट बल्ल निश्चित भएको हो । यस रिलिज डेटले बलिउड मात्र होइन, नेपाली सिनेमामा समेत धेरैलाई आश्चर्यचकित तुल्याएको छ । 

संजयलीला भन्साली निर्देशित सिनेमा पद्मावतीलाई भियाकम १८ ले निर्माण गरेको हो जहाँ दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको मुख्य अभिनय छ । दयाहाङ राई र प्रियंका कार्की अभिनित ह्याप्पी डेजले सोमबारै रिलिज डेट घोषणा गर्दैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्