२८ जेठ २०८३, बिहीबार

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

जेठ १९, २०८३
काठमाडौं
चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुनको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । 

फागुन २१ को चुनावपछि सार्वजनिक कार्यक्रममा नदेखिएका ओली यही जेठ २० र २१ (बुधबार र बिहीबार) गते हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यक्रममा सहभागी हुने भएका हुन् । 

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालाको भोलि बुधबार बिहान ११ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । 

केन्द्रीय संगठन विभागको आयोजनामा हुने कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे सघन छलफल तथा उत्प्रेरणामूलक अभिमुखीकरण गरिने छ ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गर्न लागिएको कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इञ्चार्जहरू (भारत प्रवास समेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखका साथै जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखको अनिवार्य उपस्थिति रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्