१० असार २०८३, बुधबार

डा. गोविन्द केसी पक्राउ परेपछि बाबुरामले भने– तत्काल रिहा गरियोस्

डा. गोविन्द केसी पक्राउ परेपछि बाबुरामले भने– तत्काल रिहा गरियोस्

काठमाडौं, २४  पुस–नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्राध्यापक डाक्टर गोविन्द केसीको तत्काल रिहाईको माग गरेका छन् । 
केसी सोमबार साँझ पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै भट्टराईले  रिहाईको माग गरेका हुन् । 
मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत केसी पक्राउ परेको खबरले आफू दुस्खी भएको भन्दै  भट्टराईले भनेका छन्– डा. केसीको शीघ्र रिहाइकालागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु।चिकित्सा शिक्षा क्षेत्रको सुधारकालागि डा केसीको अभियानमा सदाझैं मेरो र नयाँ शक्तिको ऐक्यबद्धता छ।

अदालतको मानहानीको आरोपमा केसीलाई प्रहरीले साँझ त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्