३१ जेठ २०८३, आइतबार

सन् २०१७ मा चीनमा अश्लील दृष्यका १० हजार घटना

पुस २४, २०७४
सन् २०१७ मा चीनमा अश्लील दृष्यका १० हजार घटना

बेइजिङ, २४ पुस - चीनमा गत बर्षभरि अर्थात् सन् २०१७ मा अश्लील सामग्रीसम्बन्धी १० हजार ३०० घटना भएका छन् । 
अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन विरुद्धको कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो तथ्याङ्क देखिएको हो । 

यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा एक लाख २८ हजार वेबसाइट बन्द गरिएको छ भने प्रकाशित करोडौँ सामग्रीहरू मेटाइएकोे छ । 

यसअवधिमा कार्यालयमा आम नागरिकको तर्फबाट एक लाख २१ हजार उजुरी परेका थिए । 
कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी एक सय ४७ मुख्य घटनाबारे पनि कारबाही चलाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्