
काठमाडौं, २५ पुस–लामो विवादपछि हिन्दी फिल्म पद्मावतीले भारतीय केन्द्रीय सेन्सर बोर्डबाट प्रदर्शनीको लागि अनुमति पाएको छ ।
फिल्मका ५ वटा दृश्य काट्दै यसको नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सर्तमा सेन्सर बोर्डले यसलाई पास गरेको हो ।
आजको राजधानी दैनिकले एजेन्सीलाई उदृत गर्दै लेखेको छ–अब यो फिल्मको नाम पद्मावतीबाट पद्मावत राखिएको छ ।
भारतका राजपूतहरुले पद्मावती नामको सिनेमालाई कुनै पनि हालतमा सिनेमा हलमा रिलिज गर्न नदिने भन्दै निरन्तर आन्दोलन गरेपछि फिल्मको नम फेर्न यसका निर्माता निर्देशक सञ्जयलीला सहमत भएका हुन् ।
यो फिल्मविरुद्ध भारतीय जनता पार्टीका विभिन्न नेता र धार्मिक समूहले विरोध र आन्दोलन गर्दै आएका छन् ।
राजपूत करणी सेनाले अझैं पनि फिल्म रिलिज गरिए हल तोडफोड गर्ने धम्की दिएको छ ।