०२ असार २०८३, मंगलबार

बच्चालाई स्तनपान गराउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुस् !

पुस २५, २०७४
बच्चालाई स्तनपान गराउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुस् !

काठमाडौं, २५ पुस– शिशुका लागि आमाको दूध सबैभन्दा बढी पोषिलो मानिन्छ । तर, स्तनपान गराउने आमा भने निकै सचेत हुन आवश्यक छ । त्यो किनभने आमाको सानो गल्तीले पनि बच्चामा विभिन्न रोग देखिनुका साथै आमाको स्तनमा संक्रमण हुन सक्छ । 

-शिशुलाई स्तनपान गराउन थाल्नुअघि राम्रोसँग निप्पल सफ ागर्न जरुरी हुन्छ । निप्पललाई मनतातो पानी, टिस्यु पेपर या कटनको सफा कपडाले सफा गर्न सकिन्छ ।
कहिल्यै पनि खाली हातले निप्पल सफा गर्नु हुँदैन यसो गर्दा स्तनमा संक्रमण हुन सक्छ । 

-कहिलेकाहीँ स्तनमा गाँठो पनि पर्न सक्छ । यस्तो बेला स्तनमा पीडा हुन्छ । गाँठो पर्ने समस्याबाट मुक्त हुनका लागि स्तनको मसा जगर्न जरुरी हुन्छ । यसो गर्दा स्तनमा राम्रोसँग ब्लड सर्कुलेसन हुन्छ र पीडा पनि हुँदैन ।

-कहिलेकाहीँ स्तनपान गराउँदा निप्पल दुख्न सक्छ । यस्तो समस्या भएमा स्तनपान गराउनुअघि स्तनमा घिउ लगाउनुपर्छ । घिउ लगाउने बानीले लामो समय स्तनपान गराउँदासमेत दुख्ने समस्या हुँदैन ।

-स्तनपान गराउने आमाले नुहाउँदा कहिल्यै पनि स्तनमा साबुन लगाउनु हुँदैन । साबुनमा भएको कमिकलले निप्पललाई कडा र सुख्खा बनाउँछ । यसको विकल्प हो स्तनलाई मनतातो पानीले सफा गर्नु । 

-स्तनपान गराउने आमाले कसिलो ब्रा लगाउनुहुँदैन । स्तनपान गराउने महिलाले नर्सरी ब्रा लगाउनु पर्छ ।
नयाँ पत्रिकाबाट
 

salt training

कमेन्ट गर्नुहोस्