२२ जेठ २०८३, शुक्रबार

काउसो दलेर साढे तीन लाख लुटपाट

कात्तिक २०, २०७४
काउसो दलेर साढे तीन लाख लुटपाट

बाँके, १० माघ - नेपालगन्जमा आज अपराह्न एक व्यक्तिका साथबाट रु साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ ।lutpat

धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको रु तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् ।

मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताए ।

वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको रु दुई लाख ६५ हजार र आफूसंँग झोलामा भएको रु एक लाख लुटिएको जिकिर गरे । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्