०८ असार २०८३, सोमबार

सर्वोच्चमा डा केसीको बयान, ‘प्रधानन्यायाधीश पराजुलीमाथि छानविन होस्’

सर्वोच्चमा डा केसीको बयान, ‘प्रधानन्यायाधीश पराजुलीमाथि छानविन होस्’

काठमाडौं २५ पुस– डा गोविन्द केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविनको माग गरेका छन् । न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा मंगलवार बयान दिदै डा केसीले प्रधानन्यायाधीश माथि छानविनको माग गरेका हुन् ।  

बयानका क्रममा डा केसीले अदालतप्रति आपनो निष्ठा रहेको र अदालतको अपमान नगरेको दावी गरे । प्रधानन्यायाधीश पराजुलीका गलत निर्णय र कार्यहरुले नै न्यायापालीकाको मानमर्दन गरेको बयानका क्रममा केसीले बताए । केसीले प्रधानन्यायाधीश पराजुलीले राजिनामा दिनु पर्ने माग गरे । 

डा केसीले सर्वोच्चका रजिस्ट्रार नहकुल सुवेदीलाई ६ महिनाको अन्तरालमा तीनपटक बढुवा गरेर प्रधानन्यायाधीश पराजुलीले पदीय दूरुपयोग गरेको समेत बताएका थिए । 

डा केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध दिएको अभिव्यक्तिबारे इजलासमै बयान भएको हो । १४ औ अनसन शुरु गर्ने क्रममा डा केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमवार अबहेलना मुद्दा दायर गरेका थिए । 

सोमवार नै सर्वोच्च अदालतले केसीलाई बयानका लागि मंगलवार ९ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । सोमवार अनसन स्थलबाटै पक्राउ परेका डा केसीलाई बयानका लागि बिहान ९ बजे अगावै सर्वोच्च अदालत पुराइएको थियो । 

अदालत पुराइएको ५ घण्टापछि दिउसो २ बजेदेखि डा केसीको बयान शुरु भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्