१९ असार २०८३, शुक्रबार

दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

जेठ २९, २०८३
काठमाडौं
दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ । कार्यालयले दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

शुक्रबार दिउँसो करिब २:१५ बजे बा. ३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ८ जना यात्रुको दुःखद निधन भएको थियो भने १६ जना यात्रु घाइते भएका छन्। 

प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा दुर्घटनालगत्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह र स्वास्थ्य संस्थाहरूको सक्रिय सहभागिता एवं समन्वयमा उद्धार कार्य गरिएको थियो।

घाइतेहरूको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको कार्यालयले जानकारी दिएको छ।

नेपाल सरकारले यस घटनाको गम्भीरतालाई ध्यानमा राख्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायलाई तत्काल अनुसन्धानका लागि निर्देशन दिइसकेको र घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न र प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन समेत सम्बन्धित निकायहरूलाई निर्देशित गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्