०८ असार २०८३, सोमबार

लोकान्तरकर्मी देवकोटा सम्मानित

असार २, २०८३
काठमाडौं
लोकान्तरकर्मी देवकोटा सम्मानित

लोकान्तरकर्मी विनोद देवकोटा सम्मानित भएका छन् । काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)मा देउकोटालाई ‘पत्रकारिता सम्मान २०८२’ बाट विभूषित गरिएको हो । 

समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा वरिष्ठ कलाकार मोहन निरौलालगायतले देवकोटालाई फूलमाला, खादा र सम्मानपत्र प्रदान गरे । देवकोटाले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको आयोजकले जनाएको छ । 

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्वअध्यक्ष रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, गायक शिव परियार, सीताराम पोखरेल लगायत कलाकार तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष माधवराज खरेल तथा संयोजक कमला जोशी रहेको कार्यक्रम निर्देशन सनम कठायतले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्