३० जेठ २०८३, शनिबार

हलिउडका हस्तीले राम्रा नेपाली फिल्म बनाउन दिए यस्तो टिप्स

कात्तिक २०, २०७४
हलिउडका हस्तीले राम्रा नेपाली फिल्म बनाउन दिए यस्तो टिप्स

काठमाडौं, ११ माघ-नेपालमा बनेको चलचित्रले विश्व बजारमा उपस्थिति जनाउन नसकिरहेको अवस्थामा नेपाली चलचित्रलाई विश्वले हेर्न चाहेका छन् ।daimand
तर, नेपाली चलचित्र स्तरीय हुन सकेका छैनन् । पछिल्लो समय केही चलचित्रले नेपाली बजारमा उत्साहजनक व्यापार गरे पनि यी चलचित्रले पनि अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाउन सकेका छैनन् ।नेपालमा स्वतन्त्र रूपमा चलचित्र बन्न नसकेका कारण पनि विश्व बजारमा उपस्थिति जनाउन नसकेको हलिउड फिल्म इन्स्टिच्युटका संस्थापक डब साइमनले बताएका छन्, आजको राजधानीमा खबर छ ।


‘नेपालमा सानो बजेटमा राम्रो चलचित्र बन्न सक्छन्,’ अमेरिकी राजदूतावास काठमाडौंको सहयोगमा काठमाडौं स्कुल अफ सिनेमाले गरेको दुईदिने स्वतन्त्र चलचित्र निमार्ताहरूको कार्यशालामा बोल्दै साइमनले भने, ‘तपाईंहरू हलिउड र बलिउडसँग प्रतिस्पर्धा नगर्नुस्, तपाईं ग्ल्यामर प्रदर्शन नगर्नुस्, नेपाललाई नेपालजस्तो देखाउनुस् ।’

विश्वले नेपालका सुन्दरतालाई नभई नेपाललाई हेर्न चाहेको उनको भनाइ छ ।‘तपाईं काठमाडौंलाई देखाउनुस्, सुन्दर काठमाडौंलाई होइन, जे छ जस्तो छ त्यस्तै देखाउनुस्,’ उनले भने, ‘काठमाडौँका गल्लीमा गुड्ने गाडीका बाल कन्डक्टरलाई चलचित्रमा उतार्नुस्, यसले विश्व बजारमा उपस्थिति जनाउन सक्छ ।’

नेपाली चलचित्रमा चिनियाँ लगानी भित्राउन सकिने साइमनको सुझाव छ । सन् २००७ मा ३ हजार सिनेमा घर रहेको चीनमा २०१५ सम्ममा आइपुग्दा ३१ हजार पुगेको भन्दै नेपालले चीनमा भइरहेको लगानीलाई तान्न सक्ने उनले बताए ।
डब साइमन ‘टिप्स’

हलिउड र बलिउडसँग प्रतिस्पर्धा नगर्नुस्

सुन्दर मात्र होइन, जे–जस्तो छ त्यस्तै देखाउनुस्

गाडीका बाल कन्डक्टरलाई सिनेमामा उतार्नुस्

नेपाली बन्नुस्, विश्वले तपाईंलाईं नियालिरहेको छ

परिश्रममा चिनियाँ लगानी उपभोग गर्नुस्

salt training

कमेन्ट गर्नुहोस्