०९ असार २०८३, मंगलबार

लागुऔषध मुद्दाका फरार प्रतिवादी शङ्खपार्कबाट पक्राउ

असार ८, २०८३
काठमाडौं
लागुऔषध मुद्दाका फरार प्रतिवादी शङ्खपार्कबाट पक्राउ

लागुऔषध मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज काठमाडौंको शङ्खपार्कबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका राईविरुद्ध लागुऔषध खैरो हेरोइनसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका थिए ।

विक्रम संवत् २०८१ मङ्सिर २५ गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका राईलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्धारा बुझाइएको प्रवक्ता रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्