२३ असार २०८३, मंगलबार

कतारको ग्यास प्लान्टमा ठूलो विस्फोट : ५४ जना घाइते, १८ बेपत्ता

असार ८, २०८३
काठमाडौं
कतारको ग्यास प्लान्टमा ठूलो विस्फोट : ५४ जना घाइते, १८ बेपत्ता

कतारको रास लाफान औद्योगिक शहरमा रहेको ग्यास प्लान्टमा ठूलो विस्फोट भएको छ, जसमा ५४ जना घाइते र १८ जना बेपत्ता भएका छन्।

बीबीसीका अनुसार, रास लाफान औद्योगिक शहरमा विस्फोट भयो र त्यसपछि ठूलो आगलागी भयो । कम्पनीले आपतकालीन टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको र आगो नियन्त्रणमा आएको बताएको छ।

कतारको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमा विस्फोटमा ५४ जना घाइते भएको र १८ जना बेपत्ता भएको बताएको छ । उनीहरूको खोजी भइरहेको समाचारमा उल्लेख छ । 

मन्त्रालयका अनुसार, विस्फोट प्राविधिक दुर्घटनाका कारण भएको हो । सार्वजनिक सुरक्षामा खतरा हुने कुनै ग्यास चुहावट भएको थिएन ।  

कतारको घरेलु बजारमा ग्यास आपूर्ति गर्ने प्लान्टमा विस्फोटबाट कुनै क्षति भएको छ कि छैन भन्ने कुरा तुरुन्तै स्पष्ट भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्