१६ असार २०८३, मंगलबार

जुम्लाका आठवटै स्थानीय तहको बजेट सार्वजनिक

असार ११, २०८३
जुम्ला
जुम्लाका आठवटै स्थानीय तहको बजेट सार्वजनिक

 जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन्। जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार बजेट प्रस्तुत गरेका हुन्।

चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट ल्याएको छ। तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार, कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार तथा हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार बजेट सार्वजनिक गरेका छन्।

गुठीचौर गाउँपालिकाले भने असार ९ गते नै रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो।

तिला गाउँपालिकाले बजेटमार्फत संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला–संस्कृति र सम्पदा संरक्षण, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा रोजगारमूलक एवं गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्