०९ साउन २०८३, शनिबार

विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य

असार २५, २०८३
काठमाडौं
विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य

 सरकारले विदेशी सम्बन्धनमा सञ्चालित कलेजको गुणस्तर सुधार र नियमन कडा बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नियमावलीअनुसार अब नेपालमा सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ।

नियमावलीले सम्बन्धित कलेजले क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (क्यूएए) का दुई चरण पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ। कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता र जनशक्तिका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिनेछ।

नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि लागू हुनेछ। सरकारले मापदण्ड पूरा गर्न निश्चित समय दिने र त्यसपछि पनि पालना नगरे सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही गर्ने व्यवस्था गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्