
काठमाडौं, २८ पुस– कोपा डेल रे प्रतियोगितामा बार्सिलोनाले सेल्टा भिगोलाई ५ शून्य गोल अन्तरले पराजित गरेको छ । सेल्टा भिगोलाई हराउन स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेका थिए ।
खेल सुरु भएको १५ मिनेटमा नै मेस्सीले २ गोल गरेका थिए । पहिलो हाफमा नै ४ गोल गरेको बार्सिलोना दोस्रो हाफमा एक गोल गर्दै ५ शून्य गोल अन्तरले विजयी भएको हो ।