१९ असार २०८३, शुक्रबार

आप्रवासीप्रति ट्रम्पको यस्तो आक्रोश

पुस २८, २०७४
आप्रवासीप्रति ट्रम्पको यस्तो आक्रोश

काठमाडौं, २८ पुस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि आप्रवासीविरुद्ध कडा अभिव्यक्ति दिएका बताइएको छ । बिहीवार सांसदहरुसँग भएको छलफलमा राष्ट्रपति ट्रम्पले ‘किन हामीले कामै नलाग्ने मुलुकबाट आएकाहरुलाई स्याहारिरहेका छौं’ भन्दै आप्रवासीहरुविरुद्ध आक्रोश पोखेका हुन् । 

सांसदहरुसँगको छलफलमा ट्रम्पले आप्रवासीप्रति कडा नियम लागू गर्नुपर्ने पक्षमा लगातार लबिङ गरिरहेका छन् । हेइटी, एलसाल्भाडोरसहितका अफ्रिकन मुलुकको नाम लिँदै ट्रम्पले यस्तो आक्रोश पोखेको वासिंगटन पोष्टले दावी गरेको छ । 

राष्ट्रपतिको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा ह्वाइटहाउसले पनि अस्वीकार नगर्दै केही अमेरिकी राजनीतिज्ञ विदेशी मुलुकका लागि लड्छन् भने ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत छन् भन्ने प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति ट्रम्प सँधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्