
काठमाडौं, २८ पुस– वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारी २ लाख ३४ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो ।
कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको आयोगको टोलीले जनाएको हो ।