
काठमाडौं २८ पुस– राष्ट्रिय सभाका साझा उम्मेदवार तय गर्न तथा प्रदेशका मुख्यमन्त्री र सभामुखको भागवण्डा मिलाउन गठित कार्यदलले आफ्नो काम शुरु गरेको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा शुक्रवार बस्ने बैठकमा राष्ट्रिय सभा सदस्यका उम्मेदवार, प्रदेशको मुख्यमन्त्री, सभामुख, मन्त्री लगायत लगायतका भागवण्डाबारे छलफल हुने नेथताहरुले जनाएका छन् ।
मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभाका लागि सदस्यहरुको उम्मेदवारी चयन, प्रदेश सरकार र सांसदहरुलाई दिईने जिम्मेवारी लगायतका विषयमा गृहकार्य गर्न दुबै पार्टीका प्रभावशाली नेता सम्मिलित ६ सदस्यिय कार्यदल बनाएको थियो ।
कार्यदलका सदस्य माओवादी नेता पुनले दुवै अध्यक्षले दिएको जिम्मेवारी अनुसार कार्यदलले काम गर्ने बताए । कार्यदलले पार्टी एकतालाई बल पुग्नेगरी विभिन्न पदमा सिफारिसको गृहकार्य गरेको छ ।
कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृका यादव छन् ।
प्रतिनिधि सभा गठनमा ढिलाइ हुनेपछि कार्यदलले प्रदेश सभामा सहमति जुटाउन छलफल अगाडि बढाएको हो । सात प्रदेश मध्ये प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशमा वामपन्थी गठबन्धनको सरकार बन्ने निश्चित जस्तै छ । ६ वटा प्रदेश मध्ये कम्तीमा २ प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दावी छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा थाइल्याण्डबाट स्वदेशबाट फर्केपछि माओवादी केन्द्रका अध्यक्षसहित बसेर कार्यदले टुंगो लगाउने छ ।