
काठमाडौं, २८ पुस– दलहरुबीच सहमति बन्न नसक्दा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम अनिश्चित बनेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पजि यसबारे ठोस निर्णय गर्न सकेन ।
यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो । तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए ।
सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।