०७ साउन २०८३, बिहीबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साउन ७, २०८३
काठमाडौं
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ निर्धारण भएको छ ।

हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको थियो ।

गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्