०८ असार २०८३, सोमबार

फुटबल रंगशालामा पहिलो पटक रमाए साउदी महिला

पुस २९, २०७४
फुटबल रंगशालामा पहिलो पटक रमाए साउदी महिला

काठमाडौं, २९ पुस– साउदीका महिलाले पहिलो पटक रंगशालामा नै उपस्थित भएर फुटबल खेलको मज्जा लिएका छन् । महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिएपछि उनीहरु परिवारसहित रंगशाला पुगेका थिए । 

जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित आएका हुन् । उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो । स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए ।

साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ । यो महिना समग्रमा तीन खेलमा महिलालाई रंगशालमा गएर हेर्ने दिइने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्