
काठमाडौं , २९ पुस- चिसो बढेसँगै त्यसको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी परेका छन्। शरीरको सामान्य तापक्रम ३० डिग्री सेन्टिग्रेट हुन्छ। तर बाहिरी वातावरणीय चिसोका कारण शरीरको तापक्रम घट्दै गई मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन्।
शिशु, बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक शक्ति न्यून हुने कारण बढी प्रभावित हुने गरेका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका फिजिसियन डा. निरज बमका अनुसार, चिसोेका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी, पखला, निमोनिया, ब्रोङकाइटिस, दम, मुटुरोग र भाइरल ज्वरोले सताउने गरेको छ, अन्नपूर्णमा खबर छ ।
बच्ने उपाय
- शीतलहरका बेला घरबाहिर हिँडडुल नगर्ने
- बासी सडेगलेका खानेकुरा नखाने
- कोठाका झ्यालढोका खुला नराखी न्यानो बनाउने
- बाक्लो तथा न्याना लुगा लगाउने
- शिशुलाई आमाको दूध प्रशस्त खुवाउने
- पोषिलो खानेकुरा खाने
- ताजा फलफूल र सागपात खाने
- दूध, मह, सुप सेवन प्रशस्त गर्ने
- मनतातो पानी पिउने
- हट वाटर ब्यागको प्रयोग गर्ने
- धुलोधुवाँ र चिसोबाट बच्ने