११ साउन २०८३, सोमबार
डीजे बजाएको विषयमा विवाद

मध्यराति सुनसरीमा झडप : प्रहरीको गोली लागेर युवकको मृत्यु, ११ जना घाइते

साउन ११, २०८३
विराटनगर
मध्यराति सुनसरीमा झडप : प्रहरीको गोली लागेर युवकको मृत्यु, ११ जना घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमासशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारी गरी ११ जना घाइते भएका छन् ।

गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरी इन्स्पेक्टर प्रकाश राईले जानकारी दिए । 

उनका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । उनको अस्पतालमै मृत्यु भएको हो । 

गएराति एक समूहले डीजे बजाएर नाचिरहेका बेला अर्को समूह आएर विवाद गरेको र त्यसपछि झडप भएको राईले बताए । 

दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनामा गोली लागेर ८ जना सर्वसाधारण घाइते भएका छन् ।

झडपमा ३ जना सुरक्षाकर्मी पनि घाइते भएको उनले बताए । 

घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्