१३ असार २०८३, शनिबार

११ कक्षाको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

११ कक्षाको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौं, २९ पुस– राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको कक्षा ११ को नतिजा शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक समेत डाकिएको छ । 

नतिजा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । 

विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ । 

चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्