२७ असार २०८३, शनिबार

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पुस २९, २०७४
बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, २९ पुस - कञ्चनपुरको भीमदत्तनगरपालिकाको भाँसी नजिक मोटरसाइकल दुर्घटनामा परी आज बेदकोट नगरपालिका–९ सुन्दरपुरका अन्दाजी २९ वर्षीय मनोज बोहराको मृत्यु भएको छ । 

महेन्द्रनगर बजारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८६९४ नंको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको भारतीय युके ०६ एजे ६३२० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्