काठमाडौं ११ माघ -- सरकारले नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानहरुका लागि हवाई सुरक्षा बल (एयर मार्सल) राख्ने सम्झौता गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आपत्ति जनाएको छ ।
नेकपा माओवादीका महासचिव विप्लवले मंगलवार एक विज्ञप्ती प्रकाशित गरी विमानस्थलमा एयर मार्सल राख्न दिने निर्णय पुष्पकमल दाहाल प्रचण्ड सरकारको राष्ट्रघात र आत्मसमर्पण भएको आरोप लगाएका हुन् । माओवादीले सम्झौताको बारे जनतालाई जानकारी गराउन माग गरेको छ ।
‘प्रचण्ड प्रधानमन्त्री भएको बेला यस्तो प्रस्ताव पारित गरिनु जनघात र राष्ट्रघात त हो नै साथसाथै लज्जास्पद र असह्य विषय हो’ विप्लवले विज्ञप्तीमा भनेका छन् ।