०९ असार २०८३, मंगलबार

प्रधानन्यायाधीश पराजुलीलाई  जेल हाल्नुपर्छ भन्ने डा केसीको यस्तो छ अनसन सिलसिला

पुस ३०, २०७४
प्रधानन्यायाधीश पराजुलीलाई  जेल हाल्नुपर्छ भन्ने  डा केसीको यस्तो छ अनसन सिलसिला

काठमाडौँ, ३० पुस -चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। 
‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’ 
भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ? कस्तो नियम भन्दै केसीले प्रश्नसमेत गरे । उनले आइओएमको डिनमा अग्रवालको विकल्प अरू हुनै नसक्ने बताए, नयाँ पत्रिकाले खबर छापेको छ  ।

६ वर्षमा १४ पटक अनशन
-पहिलो २१ देखि २४ असार ०६९
– दोस्रो २७ साउनदेखि २ भदौ ०६९
– तेस्रो २७ पुसदेखि १० माघ ०७०
– चौथो २५ माघदेखि ३ फागुन ०७०
– पाँचौँ ८ देखि १९ फागुन ०७१
– छैटौँ ७ देखि १९ भदौ ०७२
-सातौ २ देखि १२ असोज ०७२
-आठौँ २६ असारदेखि ५ साउन ०७३
-नवौँ १० देखि १३ असोज ०७३
– दशौँ २७ कात्तिकदेखि १९ मंसिरसम्म ०७३
– एघारौँ ९ देखि ३१ साउन ०७४
-बाह्रौँ ९ देखि ११ असोज ०७४
-तेह्रौँ १९ असोजदेखि १ कात्तिक ०७४
– चौधौँ २४ देखि २९ पुस ०७४

salt training

कमेन्ट गर्नुहोस्