०९ असार २०८३, मंगलबार

सुरक्षाकर्मीको रासनमा विभेद, कस्ले कति पाउँछन् ?

माघ २, २०७४
सुरक्षाकर्मीको रासनमा विभेद, कस्ले कति पाउँछन् ?

काठमाडौं, २ माघ - सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै उसमा असन्तुष्टिसमेत बढ्दो छ। असन्तुष्टि बढेसँगै रासनलाई समयानुकूल बनाउन प्रहरी मुख्यालयले गृह मन्त्रालयमा प्रस्ताव लगेको छ। हाल प्रहरी र सशस्त्र प्रहरीले रासनबापत पैसा लिन्छन् भने सेनाले सार्वजनिक खरिद ऐनअनुसार मासिक रूपमा रासन नै लिने गरेको छ।

प्रहरी मुख्यालयका अनुसार तीनवटै सुरक्षा निकायले २० प्रकारका खाद्यान्न पाउँछन्। जसमा चामल, दाल, तोरीको तेल, घिउ, चिनी, नुन, चियापत्ती, हरियो तरकारी, आलु, मसला, दूध, मासु (कुखुरा÷खसी), मट्टीतेल, पिठो, बिस्कुट, प्याज र सुक्खा तरकारी पर्छन्। तर यीमध्ये केही खाद्यान्न सेना र सशस्त्रले भन्दा प्रहरीले कम पाउँछ, अन्नपूर्ण पोस्टमा खबर छ । 

कस्ले कति पाउँछ हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्