०८ असार २०८३, सोमबार

फुर्सदिला भए वाम नेता

माघ २, २०७४
फुर्सदिला भए वाम नेता

काठमाडौं, २ माघ - सरल तरिकाले राजनीति अगाडि बढेको भए अहिले वाम गठबन्धनका नेता अन्य दलका नेताको तुलनामा बढी नै व्यस्त हुन्थे। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका कारण पनि वाम नेताको खटाई अन्य बेलाको भन्दा स्वाभाविक रूपमा बढी नै हुन्थ्यो, अन्नपूर्ण पोस्टमा खबर छ ।

जनादेशअनुसारको नयाँ सरकार गठन, मन्त्रीहरूको छनोट, प्रदेश सरकार गठनदेखि अझ दुई पार्टी (एमाले-माओवादी) बीचको एकतालगायत एजेन्डाको निरुपण गर्नुपर्ने कार्यसूचीमा वाम गठबन्धनका नेतालाई यतिवेला खाने, सुत्नेसम्म फुर्सद नमिल्नुपर्ने हो।

तर, अवस्था त्यस्तो छैन। वाम गठबन्धनका मुख्य नेता नै अहिले फुर्सदिला बनेका छन्। अन्य बेलाको भन्दा पनि अलिक बढी नै एमाले-माओवादीका नेता फुर्सदिला बनेका हुन्। सरकारमा सहभागिता देखिएका झिनाझम्टीमा आफ्नै भित्रबाट ‘चेपुवा’ मा पर्नुपर्ने नेताहरूमा त्यो समस्या पनि अहिले छैन।

फुर्सदिलो यो समयमा नेताहरूमध्ये कोहीले विदेश भ्रमण गरिरहेका छन् भने काठमाडौंभित्रै रहेका नेता पनि सामान्य दोसल्ला ओढाउने, कसैका औपचारिक कार्यक्रममा आतिथ्यता ग्रहण गर्नेजस्ता कार्यक्रममा मात्रै आफ्नो समय खर्चिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्