
काठमाडौं, २ माघ -सरकारले अन्ततः दलीय भागबन्डामा नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । दलहरूबीचको औपचारिक तथा अनौपचारिक संवादपछि सरकारले दलीय भागबन्डामै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो । दलहरूबीच प्रदेश प्रमुखका विषयमा सहमति भएको र मंगलबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रदेश प्रमुखका विषयमा लगभग सहमति जुटे पनि एमालेले भने सहमति जनाएको छैन । दुई दलबीच भने एमालेलाई मनाएर कांग्रेस, माओवादी केन्द्र र एमालेले दुई–दुई सिट लिने सहमति गरेका छन् भने बाँकी एक प्रदेशमा मधेसवादी दललाई दिने सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ ।