
काठमाडौं, २ माघ– अमेरिकाको क्यालिफोर्नियास्थित सार्न बर्नाडिनो नजिकको पेरिस नगरमा फोहोर र दुर्गन्ध आउने कोठामा सिक्रीले बाँधेर राखिएका बालबालिकासहित एउटै परिवारका १३ जनालाई प्रहरीले उद्धार गरेको छ ।
उद्धार गरिएका २ देखि २९ बर्ष उमेर समुहका रहेका छन् । जसमध्ये ७ जना १८ देखि २९ बर्षका वयस्क पनि रहेका बीबीसीले जनाएको छ ।
प्रहरीको टोलीले अधिंकाश बालबालिकालाई ओछ्यानमै सिक्रीले बाँधेर राखिएका अवस्थामा फेला पारेको थियो । पीडितमध्येकी भाग्न सफलएक किशोरीले आकस्मिक सेवा केन्द्रमा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदी बहिनीलाई अभिभावकले नै बन्धक बनाएको जानकारी गराएकी थिइन् ।
उनीहरुका बुबा ५७ वर्षीय डेविड टर्पिन र आमा ४९ वर्षीया लुइस टर्पिनलाई प्रहरीले पक्राउ गरी यातना र बालबालिकालाई जोखिममा पारेको अभियोग लगाएको छ ।