१२ असार २०८३, शुक्रबार

११ दिनसम्म नसुतिकन पनि बस्न सकिन्छ त ?

११ दिनसम्म नसुतिकन पनि बस्न सकिन्छ त ?

काठमाडौं, २ माघ — दिनभरि फुर्तिलो रहनका लागि कम्तीमा पनि आठ घन्टा सुत्नु जरूरी हुन्छ । तर कहिलेकाहीँ परिस्थितिवश सुत्न पाइँदैन । तैपनि कति दिनसम्म जागा रहन सकिएला त ? 

सन् १९६० को दशकमा दुई अमेरिकी छात्रहरूले ११ दिन २५ मिनेटसम्म नसुतिकन बिताएका छन् । –यान्डी गार्डनर र ब्रुस मेकएलिस्टरले रेकर्ड बनाउन तथा विद्यालयका लागि वैज्ञानिक प्रयोगका लागि यसो गरे । 

त्यसबेलाका वैज्ञानिक कुनै पनि मानिसले नसुतिकन कति समय बस्न सक्छ भन्ने प्रश्नको जवाफ मागिरहेका थिए । अनि केही मानिस चाहिँ धेरै बेरसम्म नसुतिकन बस्ने गिनिज रेकर्ड बनाउने कोशिश पनि गरिरहेका थिए । 

त्यतिखेर –यान्डीको उमेर जम्मा १७ वर्ष थियो । उनी होनोलुलुका एक डीजेको रेकर्ड तोड्न चाहन्थे । ती डीजेले २६० घन्टा अर्थात् ११ दिन नसुतिकन बिताएका थिए । 

अन्तिममा –यान्डी यो रेकर्ड तोड्न सफल भए । उनले ११ दिन २५ मिनेट ननिदाइकन कटाए ।

बीबीसी संवाददाता लुुसी बर्न्सले प्रयोगका बेलामा उपस्थित दुई मानिससँग कुरा गरिन् । तिनमा एक हुन् ब्रुस मकएलिस्टर । उनी आफूलाई सिर्जनात्मक युवा मान्थे र उनी निद्राका सम्बन्धमा गरिएको वैज्ञानिक प्रयोगको हिस्सा बन्न चाहन्थे । 

उनी भन्छन्, ‘शुरुवातमा हामी असाधारण क्षमताहरूमा निद्राको कमीले पार्ने असर हेर्न चाहन्थ्यौं । तर यसो गर्ने कुनै तरिका नभएको हामीले अनुभव ग–यौं । अनि हामीले ज्ञानसम्बन्धी क्षमतामा निद्राको कमीको असर हेर्ने फैसला ग–यौं ।’

एक युवक साथीका गतिविधिहरूको निगरानी गर्नका लागि जागिरहेका थिए । तर तेस्रो रातपछि नै उनले यसो गन नसक्ने अनुभव गरे । उनले आफ्नो अर्का साथी जो मार्सीनोलाई सँगै आउन लगाए । 

यो प्रयोग ब्रुसका मातापिताको घर स्यान डिएगोमा गरियो । 

बिरालोहरूमाथि पनि यस्तो प्रयोग गरिएको थियो तर १५ दिन नसुत्दा बिरालो म–यो । तर बिरालोलाई रसायनहरूको सहायताले जगाएर राखिएको थियो । 

रातको समयमा युवकहरूलाई जगाइराख्न मुश्किल थियो । दिनमा त उनीहरू बास्केटबल खेलेर सक्रिय रहन्थे । 

यस अवधिमा युवकहरूलाई फरक फरक स्वाद चखाइयो, गन्ध सुँघाइयो र आवाज सुनाइयो । ब्रुस भन्छन्, ‘त्यसपछि हामीले परिवर्तनमाथि विचार गर्न थाल्यौं । ज्ञानसम्बन्धी क्षमतामा असर पर्न थाल्यो तर बास्केटबल खेल्ने क्षमतामा वृद्धि भयो ।’

एघार घन्टा २५ मिनेटको कीर्तिमान पूरा गरेपछि –यान्डी लगातार १४ घन्टा सुते । उनलाई बाथरूम जानुपरेपछि उनी उठेका थिए । 

समय बित्दै जाँदा उनको सुत्ने प्याटर्न सामान्य बन्दै गयो । शुरुमा त उनलाई कुनै समस्या भएन तर पछि चाहिँ उनले अनिद्राको गुनासो गरे । 

ब्रुसका अनुसार, यो परीक्षणबाट विज्ञानले केही पाठहरू सिक्यो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्