
काठमाडौं, २ माघ- चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका विवेकशील साझा पार्टीका उम्मेदवार शरदराज पाठकले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। चुनावमा आफूले कुल ७१ हजार ४० रुपैयाँ खर्च गरेको उनले उल्लेख गरेका छन्।
पाठकले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी खर्च २४ हजार २५० प्रचार सामग्रीमा भएको देखाइएको छ। यस्तै सवारी साधनमा १३ हजार ८००, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ८ हजार ६३५ र कार्यलय सञ्चालनमा ६ हजार ९ सय ५ रुपैयाँ खर्च भएको पाठकले उल्लेख गरेका छन्।
हेर्नुहोस् पूरा विवरण-

यही क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए। प्रचण्डले पनि आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन्।
प्रचण्डका तर्फबाट माओवादी केन्द्रका नेता सूर्य सुवेदी पथिकले शुक्रबर बुझाएको विवरणमा कुल ९ लाख ९४ हजार पाँच सय ४९ रुपैयाँ खर्च भएको उल्लेख छ।