३१ जेठ २०८३, आइतबार

सिद्धार्थ र आलियाले ब्रेकअपपछि सँगै फिल्म खेल्न मानेनन्, 'आशिकी ३' संकटमा ?

सिद्धार्थ र आलियाले ब्रेकअपपछि सँगै फिल्म खेल्न मानेनन्, 'आशिकी ३' संकटमा ?

काठमाडौं, २ माघ — सिद्धार्थ मल्होत्रा र आलिया भट्टका बीच ब्रेकअप भएपछि कुरा बिग्रँदै गएको खबर सार्वजनिक भएका छन् । इन्डिया डट्कम समाचार पोर्टलका अनुसार, सिद्धार्थले आलियासँग विज्ञापन शूटिङ गर्न मानेनन् र फेरि उनीसँग कहिल्यै पनि काम नगर्ने समेत बताए ।

आलियालाई देख्नु नपरोस् भनी उनले मोहित सुरीको निर्देशनमा बन्न लागेको फिल्म आशिकी ३ पनि नखेल्ने भएका छन् । त्यसमा आलिया नायिका छिन् । 

आशिकी २ मा आदित्य रोय कपूर नायक थिए र उनी नै आशिकी ३ मा दोहोरिनसक्ने सम्भावना छ । यो फिल्ममा पूरै नयाँ कथा हुने बताइएको छ । 

आलिया भने हालै आफ्नो मिल्ने साथीको बिहेमा देखिएकी थिइन् । अटेलियर जुहरा गाउन लगाएर उनी समारोहमा सुन्दर देखिएकी थिइन् । 

आलियाले राजी फिल्मको शूटिङ सिध्याएकी छन् । त्यसमा विक्की कौशल नायक छन् । अब उनी रणवीर कपूरका साथ ब्रह्मास्त्र फिल्मको शूटिङको तयारीमा छिन् । 

यसबाहेक उनी गल्ली बोयमा रणवीर सिंहसँग देखिनेछिन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्